आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपालमा पहिलो पटक कोरोनाका कारण एक स्वास्थ्यकर्मीको मृत्यु

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार १७:३१ मा प्रकाशित (४ साल अघि) २६२ पाठक संख्या

जनकपुरधाम –  नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।