आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

नेपाली सेनाको मुख्यालय भद्रकालीमा गोली चल्यो, एक सैनिक जवानको मृत्यु

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार ११:४९ मा प्रकाशित (४ साल अघि) २५९ पाठक संख्या

काठमाडौं । नेपाली सेनाको मुख्यालय भद्रकालीमा गोली चलेको छ । गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । गएराति २:४५ बजे भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्पमा ड्युटीमा खटिएका सैनिक जवानको मृत्यु भएको छ ।

नेपाली सेनाका एवं सहायक रथी सन्तोष बल्लभ पौडेलले ती सैनिक जवानले आफैले आफूलाई गोली हानेर आत्महत्या गरेको जानकारी दिए । घटनाका विषयमा नेपाली प्रहरीसँग समन्वय गरेर अनुसन्धान सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

ज्यान गुमाउने सैनिक जवानको घर तनहुँ हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता पौडेलले जानकारी दिए ।