आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

कोरोना संक्रमणबाट चितवनमा एक बृद्धको मृत्यु

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार ११:४१ मा प्रकाशित (४ साल अघि) १९२ पाठक संख्या

चितवन । कोरोना भाइरस संक्रमणका कारण चितवनको भरपुरका एकजनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं ६ का ७८ बर्षीय पुरुषको आज विहान ७ः२० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा गम्भीर समस्या भई यहि भदौ ५ गते राती १२ बजे अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखि भेन्टिलेटरसहितका उपचारका सबै उपायहरु अपनाइएको भरतपुर अस्पतालका कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले बताए ।