आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१३ भाद्र २०७७, शनिबार १८:३८ मा प्रकाशित (४ साल अघि) ३७१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा काठमाडौं उपत्यकामा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ जनासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र भक्तपुरमा ६२ वर्षीयागरी तीनजना महिलाको मृत्यु भएको छ ।

त्यस्तै पर्सामा ४८ र ३९ वर्षीय पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गोरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष, काठमाडौंमा ८३ वर्षीय पुरुष, ललितपुरमा ७२ र ६१ वर्षीय पुरुष तथा भक्तपुरमा ८२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या पनि ३७ हजार नाघेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ८ सय ८४ संक्रमितसहित देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २० हजार ५ सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।