आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

ब्लोदान नेपाल गोकर्णेश्वर नगर कमिटिको रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१३ भाद्र २०७७, शनिबार १९:२० मा प्रकाशित (४ साल अघि) ५२४ पाठक संख्या

काठमाडौं, भाद्र १३। ब्लोदान नेपाल गोकर्णेश्वर नगर कमिटिको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गरेको संजय पोखरेलले बताएको छ।

शनिबार नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राबिधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम गोकर्णेश्वर ५  स्थित चमुन्डा मन्दिर मा सम्पन्न भएको हो, जसमा ३२ पिण्ट रगत संकलन भयको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ र ६ का वडा अध्यक्ष नारायण सुबेदी , रमेश अर्याल, चामुण्डा क्षेत्र बिकास समिती को अध्यक्ष बिमल मान श्रेष्ठ, धुर्ब सुवेदी ,ब्लोदान को केन्द्रिय सद्स्य बालकृष्ण श्रेष्ठ, ब्लोदान गोकर्णेश्वर नगर समितिका सदस्यहरु उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा ब्लोदान गोकर्णेश्वर नगर समितीका अध्यक्ष गोबिन्द काफ्लेले सम्पुर्ण रक्तदाताहरु,  नेपाल रेडक्रस सोसाइटी केन्द्र ,ब्लोदान गोकर्णेश्वर नगर समितिका सदस्यहरु लगायत सम्पुर्णलाई हार्दिक आभार सहित धन्यवाद दिनु भएको छ ।