आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कोरोनाबाट आज थप १२ जनाको मृत्यु,मृत्यु हुनेको संख्या २ सय ७ पुग्यो

गोकर्णेश्वर खबर१३ भाद्र २०७७, शनिबार १७:५८ मा प्रकाशित (४ साल अघि) २७१ पाठक संख्या

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका मृतक २०७ पुगेको हो ।

यो संख्या कुल संक्रमतिको ० दशमलब ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार शनिबार कोरोनाले ज्यान गुमाउनेहरुमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया एक महिला, काठमाडौंकी ५१ वर्षकी एक महिला र भक्तपुरकी ६२ वर्षकी एक महिलाको मृत्यु भएको हो ।

यस्तै मृतक पुरुषहरुमा पर्साका ४८ र ४९ वर्षका २ जना पुरुष, सिरहाका ८४ वर्षका एक पुरुष, गोरखाका ३८ वर्षका एक पुरुष, कास्कीका ५८ वर्षका एक पुरुष, काठमाडौंका ८३ वर्षका एक पुरुष, ललितपुरका ७२ र ६१ वर्षका २ जना पुरुष र भक्तपुरका ८२ वर्षका पुरुषको मृत्यु भएको छ ।