काठमाडौं – काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरी जम्मा ४१५ जना संक्रमित थपिएका छन् ।
यसअघि विहीबार (हिजो) काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जना थिए ।
नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।
नेपालमा आज थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।