आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

भोलीका लागी तय भएको नेकपा सचिवालय बैठक स्थगित

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १५:४३ मा प्रकाशित (४ साल अघि) २७३ पाठक संख्या

काठमाडौं – नेकपाको सचिवालय बैठक स्थगित भएको छ। भोलि शनिबार निर्धारित बैठक स्थगित भएको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ। भोलिको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने योजना थियो।