आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

गोकर्णेश्वरको जगडोलमा पल्सर मोटरसाइकल भेटियो, मोटरसाइकल धनिलाई सर्म्पर्क गर्न आग्रह

गोकर्णेश्वर खबर११ भाद्र २०७७, बिहीबार २१:४६ मा प्रकाशित (४ साल अघि) १४९१ पाठक संख्या

भदौ ११, काठमाडौं ।  बिहिबार साँझ गोकर्णेश्वर नगरपालिकाको गोकर्ण स्थित जगडोल डाँडामा पल्सर मोटरसाइकल भेटिएको छ ।

कालो, रातो रंगको बा ८२ प ७१५९ नंबरको पल्सर मोटरसाइकल बेबारिसे अवस्थामा भेटिएको समाचार प्राप्त भएको छ ।

भेटिएको मोटरसाइकल गोकर्ण हनुमान चोक  प्रहरी प्रभागमा  राखिएकोले मोटरसाइकल धनिले मोटरसाइकल लिनका लागि ९८५४०९०१२२ मा सर्म्पर्क गर्न सक्ने समेत बताईएको छ ।