१० भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार विभिन्न प्रयोगशामा गरिएकाे परीक्षणमा काठमाडौँका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।