काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुश गरिएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रविन्दु भएको २ दशमलब ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रले यो नयाँ भूकम्प नभएर २०७२ सालको भूकम्पको पराकम्प भएको जनाएको छ । भूकम्पको धक्का कालीमाटीसहित काठमाडौं उपत्यकामा महसुश गरिएको थियो ।