आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

सुलभ र गुणस्तरीय शिक्षामा भेनस कलेजको जोड- क्याम्पस प्रमुख कृष्ण गौतम

गोकर्णेश्वर खबर१० भाद्र २०७७, बुधबार ११:०३ मा प्रकाशित (४ साल अघि) ६६७ पाठक संख्या

भदौ ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल बेसिगाउँमा रहेको भेनस कलेजमा शैक्षिक शत्र ७७/७८ को लागि कक्षा ११ मा व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन संकायमा भर्नाका शुरु भको छ । यसका लागि अनलाइन दर्ता गर्न सकिनेछ।आजको सूचना प्रविधिको समयमा प्रविधिमैत्री किसिमले अध्ययन अध्यापक कार्यक्रमलाई जोड दिईएको भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतमले जानकारी दिनु भयो ।

भेनस कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुका रचनात्मक क्षमताको विकासमा क्रियाकलापहरुमा पनि जोड दिईरहेको छ । यसका लागि कलेको शैक्षिक, भौतिक वातावरण विद्यार्थीमैत्री रहेको क्याम्पस प्रमुख कृष्ण गौतमले बताउनु भयो । अहिले भेनस कलेजले कोरोना महामारी पछिको अवस्थामा विद्यार्थीहरुलाई शैक्षिक गतिविधिबाट टाढा रहनु पर्ने जोखिम कम गर्दै सूचनाप्रविधि मार्फत कक्षा संचालन गरी भर्च्युअल माध्यमबाट शिक्षा दिईरहेको छ । सुलभ र गुणस्तरीय शिक्षाका लागि यस क्षेत्रमा कहलिएको भेनस नेसनल कलेजले मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति लिएको छ । एर्सइईमा जिपिए ४ सम्म ल्याएका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति समेत प्रदान र्गर्ने छ ।

अहिलेको कठिनस्थितीमा विद्यार्थीहरुलाई प्रविधिमार्फ गुणस्तरीय शिक्षा दिनका लागि भेनसले शिक्षकहरुलाई अभिमुखिकरण कक्षा, अनलाइन मार्फत नै संचालन गरिएको गौतमले जानकारी दिनु भयो । नेपालमा व्यवहारिक शिक्षाको बारेमा विभिन्न चर्चाहरु हुने गरे पनि विद्यार्थीको भविष्य उज्जल बनाउन, व्यवहारिक शिक्षामा भेनसले जोड दिइरहेको छ । कोरोना कहर पछि आउने आर्थिक मन्दि समेतलाई दृष्टिगत गरी व्यवहारिक शिक्षा दिन आवश्यक भएकोले भेनस यसमा प्रतिबद्ध रहेको गौतमले बताउनु भयो । गौतमले बजारको माग र विद्यार्थीको रुचिअनुसार कलेजले बीबीएसमा विभिन्न विषय राखेको पनि बताउनु भयो । साथै, भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतमले कलेज छनौट गर्दा विद्यार्थी अविभवकहरुले कलेजको भौतिक अवस्था, रचनात्मक र व्यवहारिक शिक्षाको अवस्था, शैक्षिक परामर्श, अनुभवी शिक्षक-शिक्षिका, शैक्षिक वातावरण, सिकाई उपलव्धिको मापन र विधिहरुबारे सचेत रहन समेत आग्रह गर्नु भयो ।