आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतक १६४ पुगे

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार १६:४८ मा प्रकाशित (४ साल अघि) २८० पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र ६ जना पुरुष गरी सात जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका ७४ र ६६ वर्षीय दुई पुरुष र ७१ वर्षीया एक वृद्धा, सिरहाका २२ वर्षीय, धनुषाका ७६ वर्षीय, पर्साका ६८ वर्षीय र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको बताउनुभएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ६४ जना पुगेको छ ।