आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९६ पुग्यो

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार ०७:५७ मा प्रकाशित (४ साल अघि) ६५७ पाठक संख्या

काठमाडौं, भाद्र ९। कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९६ पुगेको नगरप्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्। उनले २०७७ साल भाद्र ५ गते गरेको १२६ जनाको  पिसीआर परिक्षण गराएको मा १२० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउदै दुइ जनाको रिपोर्ट आउन बाँकी भएको उल्लेख गरेका छन् ।

उनले १२६ जना मध्ये  कागेश्वरी मनोहरा ५ कि एक महिला, कागेश्वरी ७ का एक पुरुष र कागेश्वरी ९ कि एक महिलामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी गराए। यो संगै कागेश्वरी मनोहरा नगरपालिकामा ३३ जना महिला र ६३ जना पुरुष गरि कुल संक्रमितको संख्या ९६ पुगेको उनले जानकारी गराए ।

 छिमेकमा कसैलाई  कोरोना पोजेटिभ देखिदैम आत्तिनु नपर्ने  र उनीहरुलाई हेयको दृष्टिले हेर्न नहुने भन्दै  कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न  संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन।उनले कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना पोजेटिभ  देखिएका तर लक्षण नदेखिएका बिरामीहरुलाई मुलपानी नगर अस्पतालमा आइसोलेसनमा १४ दिन सम्म निशुल्क सेवा प्रदान शुरु गरिएको पनि उनले जानकारी गराए ।