आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौँ उपत्यकामा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतककाे कुल सख्या १५३ पुग्यो

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १७:२३ मा प्रकाशित (४ साल अघि) ४१६ पाठक संख्या

फाइल फाेटाे

काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।

मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।

यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली सेनाको युद्ध कवच गण सितापाइलाका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टोलीले उनीहरुको शव व्यवस्थापन गर्नेछ ।

यस्तै रुपन्देहीमाबुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५३ पुगेको छ ।

आजै स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एक एक जनाकोमृत्यु भएकाे जानकारी दिएकाे थियो । तर बुटवल र उपत्यकाका ४ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिइसकेकाे छैन ।