आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १६:५९ मा प्रकाशित (४ साल अघि) २९९ पाठक संख्या

काठमाडौं- काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

मन्त्रालयका अनुसार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थपिएका ८ सय १८ जनासहित देशभर संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ४९ जनाको ज्यान गएको छ ।