आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

कोरोना भाइरसबाट विश्वभर आठ लाखको मृत्यु

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १६:०८ मा प्रकाशित (४ साल अघि) २६९ पाठक संख्या

वासिङ्टन । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ ।

जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् ।

अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४ सय २९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २ सय ५४, भारतमा ५६ हजार ८ सय ७५ र बेलायतमा ४१ हजार ४ सय २३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा ३५ हजार ४ सय ३०, फ्रान्समा ३० हजार ५ सय १२, स्पेनमा २८ हजार ८ सय ३८, पेरूमा २७ हजार ४ सय ५३ र इरानमा २० हजार ५ सय २ संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी संक्रमितको सङ्ख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरु, मेक्सिको, कोलम्विया, स्पेन, चिली र इरान रहेका छन् ।