आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

देशभर १,४७७ सुरक्षाकर्मीमा कोरोना संक्रमण : कुन सुरक्षा निकायमा कति ?

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार २२:३२ मा प्रकाशित (४ साल अघि) ४९१ पाठक संख्या
  • निम्लेकी शेर्पा

काठमाडौं । नेपालमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । तीनवटै निकायमा अहिलेसम्म १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ सय २७ एक्टिभ रहेका छन् भने ५ सय ५० जना निको भएका छन् ।

नेपाल प्रहरीमा सबैभन्दा धेरै ८ सय १ जना संक्रमित भएका छन । संक्रमितमध्ये ५ सय ७ सक्रिय संक्रमित छन भने २ सय ९४ जना कोरोना मुक्त भएका छन् ।

सशस्त्र प्रहरी बलमा ३ सय ९२ कुल संक्रमित छन । २ सय ३० सक्रिय संक्रमित छन भने ६२ जना कोरोना मुक्त भएका छन् ।

नेपाल आर्मीमा कुल संक्रमित २ सय ८४ पुगेको छ । कुल संक्रमितमध्ये १ सय ९० सक्रिय संक्रमित छन भने ९४ जना कोरोना मुक्त भएका छन् ।

नेपाल प्रहरीमा प्रहरी प्रधानकार्यलय उपत्यका र भारतसँग सीमा जोडिएका क्षेत्रहरु सबैभन्दा बढी प्रभावित रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयमा मात्र संक्रमितको संख्या १ सय ७२ ,उपत्यकामा ६५, प्रदेश ५ मा ६५, प्रदेश १ मा २८, प्रदेश २ मा ६५, वागमती प्रदेशमा ४८ ,गण्डकी प्रदेशमा ४२, कर्णालीमा ११ र सुदूरपश्चिममा १० जना सक्रिय संक्रमित रहेका छन ।

सशस्त्र प्रहरी बलमा दुई नम्बर प्रदेश र वाग्मती प्रदेश बढी प्रभावित भएका प्रवक्तासमेत रहेका डिआइजी राजु अर्यालले जानकारी दिए ।

नेपाल आर्मीमा दुई नम्बर प्रदेश र प्रदेश नम्बर ५ बढी प्रभावित भएको सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक तथा प्रवक्ता सहायक रथी सन्तोष बल्वभ पौडेलले जानकारी दिए ।