आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

काठमाडौं उपत्यकामा आज थप २१६ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार १८:५७ मा प्रकाशित (४ साल अघि) ३०७ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा आज थप २१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र आज २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।
पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ।

यस्तै पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।

बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३÷३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २,२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १,१ जनामा संक्रमण देखिएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ ।

यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।