काठमाडौं – पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ९ जनाको कोरोना भाइरस संकरमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।
यसअघि शुक्रबार ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।
जसमा मोरङ, पर्सा, सप्तरी, बारा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानमा गरी ११ जिल्लाका एक,एक जना गरी ११ को मृत्यु भएको थियो ।