काठमाडौं – नेपालमा आइबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएहा हुन् । आज पर्साका एक पुरुष र मोरङकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार शनिबार कपिलवस्तु, पर्सा र धनुषामा एक,एक जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।
कुन प्रदेशमा कति जनाले ज्यान गुमाए ?
प्रदेश नं १ – ९ पुरुष,१ महिला
प्रदेश नं २ – ३४ पुरुष, ११ महिला
बाग्मती प्रदेश १३ पुरुष, ५ महिला
गण्डकी प्रदेश ६ पुरुष
प्रदेश नं ५ – १० पुरुष, ३ महिला
कर्णाली प्रदेश – ४ पुरुष
सुदूरपश्चिम प्रदेश ५ पुरुष र ३ महिला
हालसम्म जम्मा ८१ पुरुष र २३ महिला गरी १०४ जनाको कोरोनाले मृत्यु भएको छ ।