आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

काठमाडौं उपत्यकामा एकैदिन १७२ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर३२ श्रावण २०७७, आईतवार १८:०९ मा प्रकाशित (४ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं -‌ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।