आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो : शनिबार थपिए ४६८ जनामा संक्रमण

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार १६:३३ मा प्रकाशित (४ साल अघि) ३३६ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६८ सहित देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार २ सय १ जना उपचारपछि घर फर्किएका छन् भने १ सय २ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।