आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

आज भारतको ७४ औं स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीको सम्बोधन

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार ११:४७ मा प्रकाशित (४ साल अघि) ६५९ पाठक संख्या

साउन ३१, काठमाडौं । आज अगष्ट १५, भारतको ७४ औँ स्वतन्त्रता दिवस हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा शनिबार लालकिल्लाबाट देशलाई सम्बोधन गरेका छन् ।

आज लालकिल्लाबाट मोदीले चीनको नाम नलिइ उसलाई निशाना बनाएका छन्। उनले लाल किल्लाबाट भने- ‘देशका लागि हाम्रा वीर जवानहरुले के गर्न सक्छन् भन्ने कुरा विश्वले लद्दाखमा देख्यो ।’ मोदीले अगाडी भनें, ‘हाम्रा छिमेकी भौगोलिक सीमा मिल्नेहरु मात्रै होइनन्, जोसँग मन मिल्छ उनीहरु पनि छिमेकी हुन् ।’

मोदीले भारतको विकासको लागि महत्वाकाँक्षि राष्ट्रीय इन्फ्रास्ट्रक्चर पाइपलाइन परियोजना’ को घोषणा गरे । यस परियोजनामा १ सय लाख करोड भा.रु. खर्च हुनेछ । यस परियोजनालागि ७ हजार परियोजनाहरु पहिचान भैसकेको छ । यसले भारतको विकास र समृद्धिमा क्रान्ति ल्याउने प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे ।