आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिको सार्वजनिक सुचना

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार १०:१९ मा प्रकाशित (४ साल अघि) १२९४ पाठक संख्या

काठमाडौँ, श्रावण ३०। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिले सार्वजनिक सुचना जारी गरेको छ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष र गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ द्वारा सुचनामा  उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन भदौ ३ गते  बुधबार लाग्ने मेला, हरितालिका तीज लगायतका पर्वहरुमा समेत स्थगित गरिएको  जनाइएको छ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणलाइ मध्यनजर गर्दै नेपाल सरकारले जारि गरेको सूचना समेतलाइ ध्यानमा राखी मन्दिर क्षेत्रमा  कुनै किसिमको  मेला पर्वहरुमा हुने भिडभाड बाट संक्रमण बढ्ने भएकोले मन्दिर बन्द गर्ने निर्णय गरिएको  उक्त सुचनामा उल्लेख गरिएको छ ।

साथै  यस बाट भक्तजन दर्शनार्थीहरुमा पर्न गएको असुविधामा गोकर्णेश्वर महादेव मन्दिर प्रवन्ध समिति परिवार क्षमा प्रार्थी छ भनिएको छ ।