काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपाल नजिक दक्षिण तर्फ रहेको छ ।
हाल देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज विहान ५ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टा कास्कीको लुम्लेमा भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले छ ।
आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १ ,बाग्मती प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।