आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

काठमाडौं उपत्यका प्रवेशमा रोक

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार १८:०४ मा प्रकाशित (४ साल अघि) २२३ पाठक संख्या

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए ।

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो ।

एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।