आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु,मृतकको संख्या ९५ पुग्यो

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार १७:०९ मा प्रकाशित (४ साल अघि) २२० पाठक संख्या

काठमाडौं – नेपालमा विहीबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

मन्त्रालयका अनुसार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला ७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर ३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको छ ।

यसअघि हिजो एकैदिन ८ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुष रहेका थिए ।