आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

गोकर्णेश्वर ९ मा एक कोरोना संक्रमित भेटिएपछि हातेमालो क्षेत्र शिल

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार ११:०४ मा प्रकाशित (४ साल अघि) १२६१ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं  ९ को हातेमालो क्षेत्रमा २५ बर्षीय एक युवतीमा कोरोना  भाइरस संक्रमण पुष्टी भए संगै आज विहान त्यस क्षेत्रलाई  शिल गरेको छ ।

कोरोना पोजेटिभ भएको पुष्टि भए संगै सो व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी गरि कोरोना परिक्षण गरिने र परिक्षणको नतिजा नआए सम्मको लागि सो क्षेत्रलाई  गरिएको अध्यक्ष राजिब थापाले दिनु भएको हो ।

कोरोना संक्रमित भटिए पछि  गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा समिति र विपद व्यवस्थापनको आकस्मिक बैठकले सो क्षेत्र शिल गर्ने निर्णय गरे संगै आज बिहान बाट उक्त क्षेत्र शिल गरिएको  थापाले जानकारी गराए  ।

 

सिल गरिएको स्थानमा सर्वसाधारणहरुको आवत जावत पुर्ण रुपमा निषेधित गरिएको आज बाट नै कन्ट्याक्ट ट्रेसिंगको कार्य अघि बढाइने जानकारी गराका छन् ।साथै उनले वडा बासीलाई  कोरोना बाट त्रसित नभई सुरक्षा साबधानी अपनाउन  समेत अपिल गर्दै अत्यावश्यक काम बाहेकका अन्य प्रयोजनका लागि बाहिर नआई घर भित्रै सुरक्षीत बस्न अनुरोध गरेका छन ।