आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वर नगरपालिकाको अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु स्थगन सम्बन्धि सार्वजनिक सुचना

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार ०७:०५ मा प्रकाशित (४ साल अघि) १३२२ पाठक संख्या

काठमाडौं,  गोकर्णेश्वर नगरपालिकाले  सार्वजनिक सुचना जारी गरेको छ ।

विश्व ब्यापी महामारीको रुपमा  फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमण काठमाडौं उपत्यका लगायत यस  नगरपालिका  क्षेत्रमा बढिरहेको हुँदा उक्त संक्रमण बाट बच्न  नगरपालिका  र मातहत वडा   कार्यलयको सेवा प्रवाह संग जोडिने सम्पूर्ण महानुभावहरुको स्वास्थ्य जोखिमलाइ मध्यनजर गर्दै  गोकर्णेश्वर नगरपालिका र मातहत वडा  कार्यलयबाट  प्रवाह  भैरहेको तपशिल बमोजिमका अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु मिति २०७७  साउन २८  गते देखि २०७७ भाद्र ७ गते सम्मका लागि स्थगन गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीहरुलाई सोहि सुचना मार्फत जानकारी गराएको छ।

साथै सो बाट सेवा ग्राहीहरुमा पर्न गएको असहजता प्रति  नगरपालिका  क्षमाप्रार्थी रहेको जनाइएको छ।

सुचारु हुने अत्यावश्यक सेवाहरु

१ कोरोना भाइरस सम्बन्धि कोभिड १९  संक्रमण रोकथाम सम्बन्धि सम्पूर्ण सेवाहरु

२ स्वास्थ्यसंग सम्बन्धित अत्यावश्यक सिफारिस सम्बन्धि सेवाहरु

३ विपद व्यवस्थापन सम्बन्धि सेवाहरु

४ पंजीकरण सम्बन्धि अत्यावश्यक सेवा मात्र

५ सामाजिक सुरक्षाको नवीकरण सम्बन्धि सामाजिक दुरी कायम गरेर प्रवाह गरिने सेवा

६ प्रचलित कानुन तथा नेपाल सरकारले तोकेको अन्य अत्यावश्यक सेवाहरु ।