काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनो संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा १ सय ३८ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १ सय ९ जना, भक्तपुरमा ८ जना र ललितपुरमा २१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।