आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कोरोना पुष्टि भएका भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

गोकर्णेश्वर खबर२७ श्रावण २०७७, मंगलवार १७:४४ मा प्रकाशित (४ साल अघि) २८४ पाठक संख्या

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ ।

भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो । सर्जरीपछि उनको अवस्था नाजुक बनेको हो । अहिले उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ ।

सोमबार ८४ वर्षीय मुखर्जीले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरबाट उक्त जानकारी दिएका हुन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीको सैनिक अस्पतालको भ्रमण गरी मुखर्जीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि मुखर्जीको स्वास्थ्यलाभको कामना गरेका छन् ।