आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार २२:०२ मा प्रकाशित (४ साल अघि) ४१३ पाठक संख्या

काठमाडौं – एभरेष्ट बैंकका दुई कर्मचारीहरुलाई कोरोना भाइरस देखिएपछि कार्यालय दुई दिनका लागि बन्द गरिएको छ। एभरेष्ट बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालय दुई दिनका लागि बन्द गरिएको बैंकका एक कर्मचारीले जानकारी दिए।

उनले कर्मचारीहरुमा कोरोना भाइरस देखिएपछि सोमबार र मंगलबारका लागि कार्यालय बन्द गरिएको बताए। उनले भने, ‘बंैकलाई स्यानिटाइज गर्न दुई दिनका लागि बैंक बन्द गरिएको हो। बुधबारदेखि कार्यालय सञ्चालनमा आउँछ।’ अन्य शाखाहरुबाट नियमित कारोबार हुने उनले बताए।

यस्तै उनले ती कर्मचारीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको बताए। ‘कर्मचारीहरुलाई कोरोना भाइरसको लक्षण देखिएको थिएन’ उनले भने, ‘न त उनीहरुको कुनै ट्राभल हिस्ट्री पनि थिएन। त्यहि पनि कोरोना देखियो।’ उनले अझै सजकता अपनाएर काम गर्नु पर्ने बताए।

कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई आइशोलेसनमा राखिएको उनले बताए।

उनले कर्मचारीहरुको शनिबार पीपीसीआर टेष्ट गरिएको र दुई जनालाई पोजेटिभ दिेखिएको बताए ।