आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

गोगंबुमा भेटिएको शवको शनाखत: शव नजिकैको घरबाट ल्याइएको खुलासा

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार १८:३८ मा प्रकाशित (४ साल अघि) ६४८ पाठक संख्या

काठमाडौं – आइतबार गोंगबुमा सुटकेश र झोलामा फेला पारिएको शव ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ । शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार टाउको र खुट्टाविनाको शव रहेको सुटकेश भेटिएको स्थानबाट ५० मिटरको दुरीमा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको खुलेको हो ।

अहिले अपराधस्थललाई प्रहरीले घेरा हालेको छ भने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा, काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवाली, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौर लगायतको टोली घटनास्थलमा छ ।

हालसम्म प्रहरीले घटनामा कसैलाई पक्राउ गरिसकेको छैन । हत्याको कारणबारे पनि खुलाइएको छैन । यसअघि शवको पहिचान हुन नसकेपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरिए लगत्तै मृतकको सनाखत भएको हो ।