आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

मकालबारीमा बागमती नदीले बगाएका युवाकाे प्रहरीद्वारा सकुशल उद्दार

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार २३:१८ मा प्रकाशित (४ साल अघि) १२७१ पाठक संख्या

काठमाडौं- लगातार परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ ।

गोकर्णेश्वर  नगरपालिका वडा नं ८ मकालबारीमा रहेको  सानोपुल बागमती नदीमा आज  बेलुका ७ : ३० बजे मा.प.से. गरेको हाल गोकर्णेश्वर  नगरपालिका  भागवतीथान बस्ने , कालिका कन्सर्टमा काम गर्ने  २३  वर्षीय मिङमार  तामाङ पुलको पर्खालबाट नदिमा हाम्फल्दा पुल देखी ५० मि. तल बगाएको थियो ।
खोलाले बगाए लगत्तै महानगरीय प्रहरी प्रभाग माकलबारीको प्रहरी टोली र स्थानीय माधब चालिसेको सहयोगमा सकुशल उद्दार गरी निजको आफन्तालाई जिम्मा लागएको माकलबारी  महानगरीय प्रहरी बिटका कार्यलय प्रमुख प्रहरी साहयक निरीक्षक लोकेन्द्र गिरिले जानकारी दिनुभयो ।