आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

भारतले भन्यो – ‘बुद्ध नेपालमै जन्मेकोबारे कुनै शंका छैन्’

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १९:५६ मा प्रकाशित (४ साल अघि) ३१६ पाठक संख्या

काठमाडौं – भारतको विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मेकोबारे कुनै शंका नभएको बताएको छ।

शनिबार भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान् भारतीय बताएका थिए। उनको त्यो अभिव्यक्तिको नेपालमा विरोध भएको थियो।

नेपालको परराष्ट्र मन्त्रालयले पनि गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै आइतबार विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिमा बुद्धको जन्म ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित भएको बताइएको थियो।

त्यसपछि भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले बुद्ध नेपालको लुम्बिनीमा जन्मेकोमा कुनै शंका नभएको बताएका हुन्। उनले यस विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन्।

यसअघि कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए।