आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक प्रहरीमा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १८:२५ मा प्रकाशित (४ साल अघि) ५२४ पाठक संख्या

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार आइतबार एक जनामा कोरोना पुष्टि भएको हो।

अहिलेलाई एक जनामा कोरानाभाइरसको संक्रमण देखिएको छ,उनले भने।

उनका अनुसार संक्रमित भएका प्रहरी कपाल काट्ने काम गर्थे। साथै अन्यको कन्ट्याक्ट ट्रेसिङ भइरहेको उनले बताए।