आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १६:४६ मा प्रकाशित (४ साल अघि) ३३५ पाठक संख्या

काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १८ जनामा कोरोना पुष्टि भएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी विरेन्द्र सैनीक अस्पतालमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।