काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देखिएको विवाद समाधानका लागि पार्टीका ६१ संघीय सांसदले नेतृत्वलाई दबाब दिएका छन् । सिंहदरबारमा आज पत्रकार सम्मेलन गरेर ती सांसदले पार्टी विभाजनबाट रोक्न र अहिले देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेकपाका तीनवटै गुटमा आवद्ध सांसदको सहभागिता थियो । सामूहिक भेला तथा पत्रकार सम्मेलनमा बोल्ने सांसदले पार्टी एकताको पक्ष र विभाजनविरुद्ध आफूहरुले कठोर कदम उठाउन बाध्य हुने बताए ।
सांसद रामकुमारी झाँक्रीले विगतमा विभाजनले नमिठो अनुभव दिएको र अहिले विभाजन गर्नेहरुले सानो पार्टी चलाए पनि त्यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने बताइन् ।
हेर्नुस् हस्ताक्षर गर्ने सांसद