आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १५:५० मा प्रकाशित (४ साल अघि) २४८ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालय स्रोतका अनुसार तीनजना कार्यालय सहयोगी र एक सवारी चालकमा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै मन्त्रालयले शुक्रबार ८४ जनाको स्वाब संकलन गरेको थियो । त्यसमध्ये चारजनामा कोरोना पुष्टि भएको स्रोतको दावी छ ।

कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको र कर्मचारीहरुलाई क्वारेन्टिनमा राख्ने तथा थप परीक्षण गर्ने क्रम सुरु भइसकेको स्रोतले नागरिकखबरलाई जानकारी दियो ।

संक्रमण देखिएका कार्यालय सहयोगीले मन्त्रालयका उच्च अधिकारीलाई चियाखाजा खुवाउने काम गर्दै आएका थिए।