आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या १ करोड ९५ लाखनजिक

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार ०६:१६ मा प्रकाशित (४ साल अघि) २४३ पाठक संख्या

एजेन्सी–विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ करोड ९५ लाख नजिक पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ९५ लाख ९७ हजार २ सय ९२ पुगेको हो। विश्वभर हालसम्म ७ लाख २३ हजार ८ सय ५४ जनाको मृत्यु भइसकेको छ भने निको हुनेको संख्या १ करोड १८ लाख २३ हजार १ सय ५ छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४९ लाख ८९ हजार ९ सय ७६ छ भने १ लाख ६२ हजार ३ सय ८१ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा २९ लाख ६२ हजार ४ सय ४२ संक्रमित र ९९ हजार ५ सय ७२ को मृत्यु, भारतमा २० लाख ८८ हजार ६ सय ११ संक्रमित र ४२ हजार ५ सय १८ को मृत्यु, रुसमा ८ लाख ८० हजार ५ सय ६३ संक्रमित र १४ हजार ८ सय २७ को मृत्यु, दक्षिण अफ्रिकामा ५ लाख ५३ हजार १ सय ८८ संक्रमित र १० हजार २ सय १० को मृत्यु तथा मेक्सिकोमा ४ लाख ६९ हजार ४ सय ७ संक्रमित र ५१ हजार ३ सय ११ जनाको मृत्यु भएको छ।