काठमाडौं / नेपाल बौद्ध धर्म परिचय समाजको सहयोग र समाजसेवी याङ योञ्जानको पहलमा मुटु रोगी , आशक्ता, अत्ति विपन्ना परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।
हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रत्यक्ष मारमा परेका गोकर्णेश्वर नगरपालिका ८ स्थित बेशीगाउमा ९ जना आशक्ता तथा अत्ति विपन्ना महानुभावहरुलाई आज आर्थिक तथा खाद्यान्न वितरण गरेको थियो ।
उक्ता कार्यक्रममा नेपाल बौद्ध धर्म परिचय समाजका महासचिव आचार्य थुप्तेन तामाङ, कोषाध्यक्ष आचार्य बुद्ध लामा, समाजसेवी याङ योञ्जान लगायतको उपस्थिति रहेको थियो ।
सस्थाले लक डाउन अवधिभर विभिन्न ठाउमा राहत वितरण गरेको थियो ।