आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काेराेना संक्रमित बढेपछि टेकु र महाबौद्ध एरिया सिल गर्ने निर्णय

गोकर्णेश्वर खबर२३ श्रावण २०७७, शुक्रबार १६:२८ मा प्रकाशित (४ साल अघि) २६५ पाठक संख्या

२३ साउन, काठमाडाैँ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले टेकु महाबौद्ध एरिया सिल गर्ने निर्णय गरेको छ । पछिल्लो समय बढिरहेको संक्रमणका कारण झन खतरा आउन सक्ने भन्दै बैठकले उक्त निर्णय गरेको हो । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । उक्त बैठकले तत्काल लकडाउन नगरेपनि संक्रमण बढी देखिएको स्थानमा भने सिल गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको छ ।

सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति समेत उक्त बैठकमा भएको हो ।