काठमाडौं । राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार राति सो आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएकाे जनाएकाे छ । केही साताअघि मात्रै राजधानीको सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।