आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

शौचालयको सेप्टि ट्यांकीमा खसेर बालिकाको मृत्यु

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १९:३९ मा प्रकाशित (४ साल अघि) ३९३ पाठक संख्या

जनकपुरधाम – बारामा शौचालयको सेप्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नं १ बस्ने अनिलकुमार लोहारकी ६ वर्षीया छोरी छाया कुमारी रहेकी छन्।

आज बिहान ९ बजेतिर आफ्नै घरभित्र रहेको शौचालयको सेप्टिक ट्यांकीमा लडेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
महागढीमाई नगरपालिकाका शौचालय सफा गर्ने सेफ्टी ट्यांकी एकपटक शौचालय सफा गरेर लगेको र बाँकी रहेको फोहोरपछि सफा गर्ने भनेर शौचालयको गेट खुला छोडेर जाँदा बालिका शौच गर्न गएको बेला ट्यांकीभित्र खसेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक बालिकाको शव कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।