काठमाडौं – नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ विराटनगर ५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको छ ।
साउन १९ गते कोशी अस्पतालमा भर्ना भएका उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनको उपचारका क्रममा निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।