आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

उपत्यका भित्रिने नाकामा गरिएको परीक्षणमा ४० जनामा भेटियो कोरोना

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १७:५५ मा प्रकाशित (४ साल अघि) २३४ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा भित्रिने नाकामा गरिएको पीसीआर परीक्षणमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यका भित्रिने विभिन्न नाकाहरूमध्ये नागढुंगाबाट भित्रिनेहरूमा सबैभन्दा धेरैलाई संक्रमण देखिएको छ।

विभिन्न नाका गरी १० हजार ८५३ जनाको कोरोना परीक्षण गरेकोमा ४० जनालाई संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

जसमध्ये नागढुंगामा १६ जना, साँगामा १३ जना र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।