आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

लकडाउन र आवश्यकता परे कर्फ्यू लगाउन सरकारलाई जनस्वास्थ्य क्षेत्रका विज्ञको सुझाव

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १६:२७ मा प्रकाशित (४ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं । जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना भाइरसको महामारी बढ्न थालेकाले लकडाउन लगाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका क्रममा विज्ञहरुले तत्काल लकडाउन नगरेमा अवस्था भयावह हुने चेतावनी पनि दिएका छन् ।

छलफलमा सहभागी एक विज्ञले भने, ‘हामीले लकडाउन लगाउन सुझाव दियौँ । तत्काल लकडाउन नगरेमा अवस्था भयावह हुन्छ । केही साथीहरुले त आवश्यक परेमा कर्फ्यूसमेत लगाउन भन्नुभएको छ। अवस्था बिस्तारै भयावह हुँदै गएको छ ।’

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले आंशिक लकडाउनको सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले नै विज्ञ र विपक्षी दलसँग परामर्श गरेका हुन् ।