आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

स्वाव संकलन गर्न सरकारले तोक्यो काठमाडौं उपत्यकाको १५ अस्पताल ( सुची सहित )

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १५:४६ मा प्रकाशित (४ साल अघि) २२४ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणको स्वाव संकलन गर्न सरकारले काठमाडौं उपत्यकाको १५ अस्पताल तोकेको छ ।

सरकारले काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलनको लागि तोकिएको छ ।

उक्त अस्पतालहरुमा बिहान ९ देखि १ बजेसम्म स्वाब परीक्षण गराउन सकिने छ ।