आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६६५ पुग्यो

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार ०७:२४ मा प्रकाशित (४ साल अघि) ३५० पाठक संख्या

काठमाडौं : काठमाडौं उपत्यकमा सोमबार थप ५१ जनामा कोभिड १९ संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमित काठमाडौंमा भेटिएका छन्। काठमाडौंमा ४३ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै भक्तपुरमा ५ जना र ललितपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६६५ पुगेको छ। हालसम्म काठमाडौंमा सबैभन्दा धेरै ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुरमा १०८ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ६४ जनामा संक्रमण देखिएको छ।

सरकारले लकडाउन अन्त्य गरेसँगै उपत्यकामा बाहिर जिल्लाबाट मानिसहरु आउन सुरु भएसँगै संक्रमणको गति पनि बढ्दै गएको छ। लक्षण सहितका कोरोना संक्रमित थपिँदै जाँदा र बजारमा भीड बढ्दै गर्दा संक्रमण फैलिन सक्ने भन्दै सर्वसाधरणलाई सतर्क रहन आग्रह गरिएको छ।